एक महिनादेखि नर्सहरु आन्दोलनमा उत्रेपछि देशभरका स्वास्थ्य सेवा प्रभावित

31 October, 2025 106 Views
एक महिनादेखि नर्सहरु आन्दोलनमा उत्रेपछि देशभरका स्वास्थ्य सेवा प्रभावित
106

कात्तिक, काठमाडौं । तलब, भत्ता तथा सेवा सुविधामा विभेद भएको बताउँदै नर्सहरु आन्दोलनमा उत्रेपछि देशभरका स्वास्थ्य सेवा प्रभावित भएका छन्।

नर्सहरुले निजी अस्पताल तथा मेडिकल  कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने माग राखेर असोज १० गतेदेखि आन्दोलन गर्दै आएका छन्।

नर्सहरू लामो समयदेखि आन्दोलनमा उत्रेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएका हुन्। सरकारी सरह पारिश्रमिकको माग राखेर एक महिनाअघि शुरु भएको आन्दोलनमा सरकारी सेवाका नर्सहरुले समेत समर्थन जनाएका छन्। नर्सहरुले कार्तिक १२ गतेदेखि १० देखि १२ बजेसम्म २ घण्टा सेवा बहिष्कार गरेर प्रदर्शन गर्दै आएका छन्।

Related Post