घोषणा गरेकै मितिमा निर्बाचन गराउन सरकारसंग माओवादीको माग

24 September, 2025 211 Views
घोषणा गरेकै मितिमा निर्बाचन गराउन सरकारसंग  माओवादीको माग
211

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए।
तोकिएकै मितिमा निर्वाचन गराउनको लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि बताए।

जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।

Related Post