98
असोज, काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ मा ‘हिम किरण सामुदायिक पुस्तकालय’ सञ्चालनमा आएको छ। एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापन गरिएको यस पुस्तकालयमा करिब तीन हजार पुस्तकहरू छन्।
कार्यक्रममा संयोजक टेकेन्द्र उपाध्यायले विद्यार्थीलाई पढाइमा रुचि बढाउन आग्रह गरे भने शिक्षाविद् कुलप्रसाद चौलागाईंले दुर्गम क्षेत्रका विद्यार्थीका लागि यो ठूलो अवसर भएको बताए। पुस्तकालय सञ्चालनपछि अध्ययनप्रतिको रुचि र पढ्ने संस्कृतिमा सुधार हुने अपेक्षा गरिएको छ।