जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छः मन्त्री गजदीश खरेल

12 October, 2025 333 Views
जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छः मन्त्री गजदीश खरेल
333

असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा कुनै दुविधा नराख्न आग्रह गरेका छन्।

आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेर छलफल गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यस क्रममा भएको तोडफोड तथा आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गरिने भन्दै सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। अहिले दलहरूसँगको संवादहीनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ छ।

Related Post