कुलमानले कडाइ गर्न थालेपछी उद्योगहरूले बक्यौता तिर्न थाले

17 October, 2025 312 Views
कुलमानले कडाइ गर्न थालेपछी उद्योगहरूले बक्यौता तिर्न थाले
312

असोज, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कडाइपछि लामो समयदेखि बिजुलीको बक्यौता तिर्न नसकेका उद्योगहरूले अन्ततः किस्ता तिर्न थालेका छन्। हुलास स्टिल उद्योगले १४ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताको ५० लाख ४३ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ। २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता तिर्न हुलासले २८ किस्ताको सुविधा लिएको थियो।

यस्तै, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले पनि किस्ता तिर्न सुरु गरेका छन्। सम्राट सिमेन्टले तीन किस्ताको ४० लाख ४७ हजार, रोल्पा सिमेन्टले पाँच किस्ताको १७ लाख ७० हजार र नव नेपाल प्लास्टिकले १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेका छन्।

प्राधिकरणका प्रमुख कुलमान घिसिङले सबै उद्योगलाई बक्यौता बुझाउन स्पष्ट चेतावनी दिँदै ‘विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने चलन अब बन्द हुन्छ’ भनेका थिए। उनको यही दृढतापछि बक्यौता तिर्ने अभियानले गति लिएको विद्युत् प्राधिकरण स्रोतको भनाइ छ। विद्युत महसुल चुक्ता गर्ने अभियानले प्राधिकरणको आर्थिक सन्तुलन सुधार्ने र जिम्मेवार व्यवसाय संस्कृति बढाउने संकेत दिएको जनाइएको छ।
 

Related Post