काठमाडौंको गेस्ट हाउसमा एक पुरुष मृत फेला

25 June, 2026 294 Views
काठमाडौंको गेस्ट हाउसमा एक पुरुष मृत फेला
294

 ११ असार । काठमाडौं महानगरपालिका–१६ मित्रनगरस्थित एक गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार मित्रनगरमा रहेको गल्फ ओयसिस गेस्ट हाउसको कोठा नम्बर ४०१ मा दाङको बबई गाउँपालिका–६ घर भएका ४६ वर्षीय ओमप्रकाश बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

Related Post