चितवनको भरतपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत भएको पदाधिकारी निर्वाचनमा खुला सह-महामन्त्री पदमा असिम शाह र हरि ढकाल विजयी भएका छन्।
निर्वाचन समितिको अन्तिम मत परिणाम अनुसार असिम शाहले ४७१ मत प्राप्त गरी शीर्ष स्थान हासिल गरे भने हरि ढकाल ४१० मत सहित दोस्रो स्थानमा रहँदै विजयी भए। विजयी ढकाल चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन्।
त्यसै गरी चलचित्र निर्देशक समेत रहेका नव-निर्वाचित सह-महामन्त्री शाह यसअघि समानुपातिक सांसद हुनुका साथै हाल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्।
तीव्र प्रतिस्पर्धात्मक बनेको खुला सह-महामन्त्रीको चुनावी मैदानमा शाह र ढकालले रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, मिलन लिम्बू र हिमेश पन्त लगायतका अन्य ८ जना प्रतिस्पर्धीहरूलाई पराजित गरेका हुन्। यसै गरी पार्टीको विधान अनुसार महिला कोटातर्फको सह-महामन्त्री पदमा सांसद निशा डाँगी ७३७ मतका साथ सानदार विजयी भएकी छन्।
रास्वपाको यसै महाधिवेशनबाट महिला उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित भई नयाँ केन्द्रीय पदाधिकारी टोलीको टुंगो लागेको छ। नयाँ नेतृत्व चयन भएसँगै रास्वपाले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ छ।