लघुवित्त ऋणीको आन्दोलन टुंगियो? १४ बुँदे सहमतिपछि ३२३ जना घर फर्किए

23 August, 2026 7 Views
लघुवित्त ऋणीको आन्दोलन टुंगियो? १४ बुँदे सहमतिपछि ३२३ जना घर फर्किए
7

काठमाडौं । नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्त ऋणीहरूले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर गर्दै आएको धर्ना स्थगित गरेका छन्। सहमतिपछि ऋणीहरू शनिबार आ–आफ्नो घर फर्किएका हुन्।

सरकार र ऋणीका प्रतिनिधिबीच शुक्रबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गर्ने निर्णय भएको थियो।

सहमति कार्यान्वयनको प्रारम्भिक चरणअन्तर्गत सरकारले शनिबार बिहान ८ः५० बजेदेखि साझा यातायातका बसमार्फत ऋणीहरूलाई उनीहरूको गन्तव्यतर्फ पठाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको थियो।

उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लास्थित आ–आफ्नो गन्तव्यतर्फ पठाइएको कार्यालयले जनाएको छ।

सरकारसँग भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि जारी ऋणीहरूको आन्दोलन तत्कालका लागि स्थगित भएको हो।

Related Post