41
काठमाडौं । नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबारको दिन सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार २६५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।