नेप्से ८.८१ अंकले बढ्यो, ३ अर्ब ७२ करोडको कारोबार

13 August, 2026 109 Views
नेप्से ८.८१ अंकले बढ्यो, ३ अर्ब ७२ करोडको कारोबार
109

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६५१ दशमलव २१ विन्दुमा पुगेको छ। आज सेयर बजारमा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार १० करोड २२ लाख कित्ता सेयर किनबेच भएका छन्। कुल ४५ हजार ८२२ पटक कारोबार भएको छ भने ३४७ कम्पनीका सेयर कारोबार भएका छन्।

कारोबार भएका कम्पनीमध्ये १७२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ। यस्तै, १९ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स (SAPIL) को सेयर मूल्य १५ प्रतिशत बढेको छ। त्यस्तै, माण्डु हाइड्रोपावरको १४.९९ प्रतिशत र साहस ऊर्जाको सेयर मूल्य १३.०२ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा ग्रीन हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको करिब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बिहीबारको कारोबारपछि नेप्सेको कुल बजार पुँजीकरण ४५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। फ्लोट बजार पुँजीकरण भने १५ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ।

Related Post