नेताहरुको मात्रै हाइन उनका परिवार, नातेदार र अन्य निकटसम्मको सम्पत्ति छानबिन गर्नुपर्छः राजेन्द्र लिङदेन

09 October, 2025 281 Views
नेताहरुको मात्रै हाइन उनका परिवार, नातेदार र अन्य निकटसम्मको सम्पत्ति छानबिन गर्नुपर्छः राजेन्द्र लिङदेन
281

असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुको मात्रै सम्पत्ति छानबिन गरेर नपुग्ने बताएका छन् । नेताहरु सँगै उनीहरुको परिवार, नातेदार र अन्य निकट व्यक्तिहरुको पनि सम्पत्ति छानबनि गर्नुपर्ने माग गरेका छन् । 
सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -
नेताहरूको सम्पत्ति छानबिनको माँग हामीले लामो  समयदेखि गर्दै आएको बिषय हो। अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ। तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ।

Related Post