औद्योगिक क्षेत्रमा सरकारको 'एक्सन' २ सातामै उठ्यो ४२ करोड बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

30 June, 2026 220 Views
औद्योगिक क्षेत्रमा सरकारको 'एक्सन' २ सातामै उठ्यो ४२ करोड बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो
220
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कडा निर्देशन र समयसीमापछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दुई सातामै ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ भाडा बक्यौता असुल गरेको छ। 
वि.सं. २०४५ देखि उठ्न नसकेको भाडा उठाउन मन्त्रालयले कारबाही अघि बढाएपछि अधिकांश उद्योगहरूले बक्यौता बुझाएका हुन्। लामो समयदेखि भाडा नतिर्नेहरूलाई सार्वजनिक सूचना जारी गरी ताकेता गरिएसँगै कतिपय उद्योगले आफ्नो बक्यौता चुक्ता गरेका छन्।
भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत् र पानीको लाइन काट्ने मन्त्रीको निर्देशन पछि लिमिटेडले कारबाही तीव्र पारेको छ। सुरुमा २ सयभन्दा बढीको लाइन काटिएकामा धेरैले रकम बुझाएपछि पुन: जडान गरिएको छ, तर अझै ४५ वटा कम्पनीको लाइन काटिएकै अवस्थामा छ।
 बक्यौता नतिरेसम्म लाइन जडान नगर्ने सरकारको अडानका साथ बक्यौता रकम बढी राख्ने ठूला कम्पनीहरूमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ।

Related Post