प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन नेकपाको आग्रह

08 July, 2026 69 Views
प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन नेकपाको आग्रह
69

नेपाली कम्युनिष्ट पार्टीले रास्वपालाई आफ्नो संसदीय दलको नेतालाई संसद्प्रति जिम्मेवार बनाउन आग्रह गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परशुराम तामाङले आफ्नो दलको नेतालाई संसद् र संविधानप्रति उत्तरदायी बनाउने कर्तव्य रास्वपाको भएको बताए ।

उनले भने, ‘हामी रास्वपाबाट त्यो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह भएको हेर्न चाहन्छौँ । जसले उहाँलाई यो संसद्को दलको नेता बनाउनुभयो र प्रधानमन्त्री बन्नुभयो, अब राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गर्ने दिन आएको छ ।’

उनले संसद्को गरिमा र इज्जत जोगाउने जिम्मा सभामुखको पनि भएको बताए । उनले प्रधानमन्त्रीलाई सदनमा बोलाउने रुलिङ गर्न समेत माग गरे।

Related Post