‘संघीयताको अभ्यासमा प्रदेश स्वीकार्न समय लाग्छ’

18 September, 2025 156 Views
‘संघीयताको अभ्यासमा प्रदेश स्वीकार्न समय लाग्छ’
156

स्वीट्जरल्यान्ड, करिब ४१ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको, सानो र सुन्दर देश हो, जुन नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशको भूगोल मिलाउँदा हुने क्षेत्रभन्दा पनि सानो छ । यस भूपरिवेष्ठित देशमा संघीय सरकार, २६ क्यान्टोन (नेपालको प्रदेशजस्तै) र करिब २,२०० स्थानीय सरकारहरू (नगरपालिका) छन् ।

सीमित स्रोत-साधन भएका नेपाल जस्ता साना देशमा संघीयता महँगो हुने भन्ने बहस भइरहेकै बेला स्वीट्जरल्यान्डले विगत १७७ वर्षदेखि उत्कृष्ट संघीय अभ्यास गर्दै आएको छ ।
प्रख्यात स्वीस कानुनी विद्वान प्राध्यापक इभा मारिया बेल्सर, स्वीट्जरल्यान्डको रमणीय शहर फ्रिबर्गमा कार्यरत छिन् । फ्रिबर्ग विश्वविद्यालयको संवैधानिक र प्रशासनिक कानुन विभागको प्रमुखको रूपमा काम गरिसकेकी उनी उक्त विश्वविद्यालयको इन्स्टिच्युट अफ फेड्रालिज्मकी सह-निर्देशकसमेत हुन् ।

उनी मुख्य रूपमा स्वीट्जरल्यान्ड र अन्य मुलुकहरूको संघीयता, संवैधानिक कानुन र मानव अधिकारका विषयमा विशेषज्ञता राख्छिन् । अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले संघीय शासन र असल शासन अभ्यासको अध्ययन गर्न गत महिना स्वीट्जरल्यान्ड पुगेका बेला प्राध्यापक बेल्सरसँग स्वीस संघीयता र अन्य मुलुकका अनुभवबारे कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :