सुनको मूल्य फेरि ३ लाख नाघ्यो, चार दिनमै १७ हजार ९ सयले वृद्धि

09 August, 2026 50 Views
सुनको मूल्य फेरि ३ लाख नाघ्यो, चार दिनमै १७ हजार ९ सयले वृद्धि
50

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ। चार कारोबार दिनमै सुनको भाउ प्रतितोला १७ हजार ९ सय रुपैयाँले बढेको महासंघको तथ्यांकले देखाउँछ।

गत मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो। त्यसयता लगातार मूल्य बढ्दै आइतबार ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको हो।  सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि उकालो लागेको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, गत मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँ रहेको थियो। यसरी पछिल्ला केही कारोबार दिनमा सुनसँगै चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि भइरहेको छ। सुनको मूल्यले पुनः ३ लाख रुपैयाँको सीमा पार गरेपछि नेपाली बजारमा यसको प्रभाव उपभोक्ता तथा सुनचाँदी व्यवसायी दुवैतर्फ देखिन थालेको छ।

Related Post