107
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने ४ हजार ६ सय रुपैयाँले घटेर ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यससँगै पछिल्लो कारोबारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।