सरकारी कर्मचारीको तलब बढ्यो, नयाँ तलबमान लागू

06 August, 2026 52 Views
सरकारी कर्मचारीको तलब बढ्यो, नयाँ तलबमान लागू
52

काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्बाट पारित नयाँ तलबमान सम्बन्धित निकायमा पठाएको हो।

अर्थ मन्त्रालयले साउन ६ गते प्रस्ताव गरेको नयाँ तलबमान मन्त्रिपरिषद्ले करिब १५ दिनपछि स्वीकृत गरेको हो। यो व्यवस्था चालु आर्थिक वर्षको बजेटअनुसार साउन महिनादेखि लागू हुनेछ।

नयाँ तलबमानअनुसार अब मुख्य सचिवले मासिक ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन्, जुन सरकारी सेवामा सबैभन्दा उच्च तलब हो। सबैभन्दा तल्लो तहका प्रथम स्तरका कार्यालय सहयोगीको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ।

यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिवसरह ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन्। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ तोकिएको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेका थिए। सोही निर्णयअनुसार नयाँ तलबमान लागू गरिएको हो।

यता, पेन्सन प्राप्त गर्ने निवृत्त कर्मचारीहरूको पेन्सनमा भने १० प्रतिशत वृद्धि गरिएको सरकारले जनाएको छ।

Related Post