टी-२० विश्वकप छनोट : सामोआविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

17 October, 2025 284 Views
टी-२० विश्वकप छनोट : सामोआविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
284

असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले सामोआविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा जारी छनोटमा नेपालविरुद्ध सामोआले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । यो खेलमा जित निकाले नेपाल छनोटको ट्रफी जित्नेछ । नेपालले प्लेइङ(११ मा ३ परिवर्तन गरेको छ। सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिदै करण केसी, ललित राजवंशी र आरिफ शेखलाई प्लेइङ(११ मा राखिएको छ।

सामोआविरुद्ध नेपालको प्लेइङ–११
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, करण केसी र ललित राजवंशी।

Related Post