वीरगञ्जमा व्यापारी र सुरक्षाकर्मीबीच झडप, ३ जना सशस्त्र प्रहरी घाइते

09 February, 2026 129 Views
वीरगञ्जमा व्यापारी र सुरक्षाकर्मीबीच झडप, ३ जना सशस्त्र प्रहरी घाइते
129

माघ, पर्सा ।  पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोदाममा छापा मारेको थियो। छापाका क्रममा करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएर ढुंगामुढा गरेका थिए।

आक्रमणका क्रममा सशस्त्र प्रहरी बल नेपालको एक वानटेन र एक स्कार्पियो गाडीमा क्षति पुगेको छ भने तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ। बरामद गरिएको सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको थापाले जानकारी दिए।

Related Post