Logo


SIMRIKKHABAR



नगरपालिकाद्वारा आयोजित स्वास्थ्य शिविरमा ३ सयभन्दा बढि लाभान्वित

admin जेष्ठ २६ , २०७६

कोहलपुर, जेठ ५,

तेह्रथुमको लालीगुराँस नगपालिकाले बसन्तपुरमा आयोजना गरेको एक दिने निःशुल्क विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरमा ३ सयजना भन्दा बढिले सेवा लिएका छन् ।

शनिबार भएको शिविरमा ३ सय ५८ जना बिरामीले निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकको सहयोगमा आयोजीत शिविरमा छाला, स्त्री तथा प्रसुतिरोग, जेनेरल मेडिसिन लगायतका बिरामीको स्वास्थ्य परिक्षण गरिएको लालीगुराँस नगरपालिकाले जनाएको छ ।

शिविरमा मुटुरोग, दम छातिमा समस्या, महिलाको प्रजनन् स्वास्थ्य, पाठेघरको मुखको क्यान्सर, यौन रोग लगायतका बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर रोहितको नेतृत्वमा १५ जना विशेष चिकित्सकको टोलीले शिविरमा बिरामीको स्वास्थ्य परिक्षणगरेको हो ।

सम्बन्धित समाचारहरू