Logo


SIMRIKKHABAR



गुगल को जागीर छोडी समोसा व्यापार

admin श्रावण ५ , २०७६

गूगलमा जागीर खानु प्राय कम्प्युटर छेत्रमा कार्यरत इन्जिनियरको चाहना हुन्छ । तर,  यसो भनिएतापनि गूगलमा कार्यरत एक कर्मचारीले भने जागीरनै छोडी केहि नयाँ कार्यको थालनी गरेका छन् । ति व्यक्ति हुन् मुनाफ कपडीया, जसले केहि वर्ष गूगलमा काम गरेर आफ्नै देशमा केहि नयाँ गर्छु भन्ने मनमा ठानी भारत फर्किए ।  
भारत आएर उसले समोसको व्यापार सुरु गर्यो । फलत आज तेही व्यक्ति 'द बोहोरी किचन' क मालिक हुन पुग्यो ।  उनका समोसा सेलिब्रिटी तथा पाँचतारे होटेलहरुले खरिद गर्छन । एकै बर्षमा साधारण समोसले ५० लाखको व्यापार गरिसक्यो । मुनाफको इच्छ्या यसलाई बढाएर बार्षिक ५ करोडको व्यापार गर्ने लक्छ्या लिएका छन् । मुनाफ्ले यसको कुकिङ्ग आइडिया आफ्ना आमाबाट सिकेका हुन् । मुनाफ्को रेस्टुरेन्ट मुम्बैमा एकदम चर्चित छ र ग्राहकहरुकोलाइन यति लामो हुन्छकि फोर्ब्सले उनलाई 'फोर्ब्स अन्डर ३०' समेत सुचिकृत गरेका छन् ।   यसका सम्पूर्ण स्रय उनि आफ्नो आमालाई दिन्छन ।  

---सिम्रिक खबर स्रोत 

सम्बन्धित समाचारहरू