Logo


SIMRIKKHABAR



भारतसँग विषादी परीक्षण सम्बन्धी नयाँ सम्झौता अगष्टमा

admin श्रावण ८ , २०७६

आगामी महिना खाद्य सुरक्षाका विषयमा नेपाल र भारतबीच द्विपक्षीय आपसी सहकार्य बढाउन सम्झौता हुने खबर प्राप्त भएको छ । यही अगष्ट महिनामा सम्झौता पत्रमा हस्ताक्षरको तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्रोतले जनाएका छन् । यसबाट हुने सहमतिपछि भारतको खाद्य सुरक्षाको जाँच प्रमाणपत्रका आधारमा भारतीय उत्पादनले नेपालमा प्रवेश पाउने छन् भने नेपाली खाद्य उत्पादनलाई पनि नेपालको गुणस्तर विभागले जारी गरेको  परीक्षण रिपोर्टका आधारमा भारतमा प्रवेश दिइने जनाएका छन् । बिना परीक्षण तरकारी तथा फलफूल नेपालमा प्रवेश पाउनु पर्ने भारतको अडान र विषादी परीक्षण अनिवार्य गर्ने पक्षमा नेपाल रहेकाले बिबाद चर्किएको थियो । बिवादको स्थायी समाधानका लागि खाद्य सुरक्षा र गुणस्तरमा दुई देशबीच मान्य हुने विकल्पको रुपमा यो सम्झौता अघि बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको बुझिएको छ ।

 

--अनलाइन खबर स्रोत

सम्बन्धित समाचारहरू