Logo


SIMRIKKHABAR



नेपाली वायुसेवा चिनियाँ भूमिको उडान अनुमति माग्दै

admin श्रावण ८ , २०७६

आगामी बिहीबार र शुक्रबार नेपाल - चीनबीच बेइजिङमा द्विपक्षीय हवाई वार्ता हुने भएका छन् । नेपालबाट वार्ताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवका एक टोली बेइजिङतर्फ प्रस्थान हुने खबर प्राप्त भएको छ । सन् २०१४ मा भएको द्विपक्षीय वार्ताले नेपाल र चीनबीच सातामा दुईतर्फी ५६/५६ उडान गर्न सकिने व्यवस्थामा सम्झौता भएता पनि चीनबाट धेरै जहाज नेपाल आउने र उनीहरुले पर्याप्त यात्रु पनि पाउन थालेसँगै त्यसलाई ७० उडान पुर्‍याइएको अवस्था छ । आजको अवस्थामा त्यो कोटा चीनको तर्फबाट लगभग पूरा भइसकेको छ भने चीनले नेपाली वायुसेवा कम्पनीहरुलाई भने अनुमति दिएको छैन । मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार नेपालले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडानको योजना बनाइरहेका रुटमा सहजीकरणको काम यस वार्ताका दौरानमा हुने बताएको छ भने नेपाल र चीनमा कुनै विमानस्थल नतोकी सबै विमानस्थलमा जान पाउने गरी सम्झौताको तयारी गरिएको बुझिएको छ ।

 

---सिम्रिक खबर स्रोत

सम्बन्धित समाचारहरू