Logo


SIMRIKKHABAR



मौद्रिक नीति २०७६/७७ आयो

admin श्रावण ८ , २०७६

नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति २०७६/७७ जारी गरेका छन् । त्यस मौद्रिक नीतिमा व्यक्तिगत प्रयोजनमा गैरव्यवसायिक कर्जा लिनेहरुलाई कस्ने गरी नयाँ व्यवस्था गरिएको छ । आम्दानीअनुसार किस्ताको सावा र ब्याज तिर्न सक्ने गरी मात्रै व्यक्तिको ऋण प्रवाह सीमा तोक्ने नयाँ व्यवस्था मौद्रिक नीतिमा आएको बुझिएको छ । आम्दानीको हिसावकिताव देखाएकै भरमा ठूलो रकमको कर्जा अब लिन नदिने नीती लिइएको छ । राष्ट्र बैंकले ‘ऋण भुक्तानी आम्दानी अनुपात’ तोक्ने उल्लेख पनि गरेका छन् । राष्ट्र बैंकले  लिएका अपेक्षा अनुसार अब कम आम्दानी हुनेहरुले बैंकबाट धेरै रकमको किस्तामा आधारित गैरव्यवसायिक कर्जा लिन पाउने अवस्था बन्द हुने छ । 

 

--सिम्रिक खबर अनलाइन स्रोत

सम्बन्धित समाचारहरू