चीनको विदेश व्यापार अक्टोबरमा फेरी बढेको छ । निर्यात १९ महिनाकै उच्च भएको र आयातमा स्थिर वृद्धि भएकाले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र कोरोनाभाइरसको महामारीबाट लगातार सुधार भएसँगै वैदेशिक व्यापारमा सुधार भएको हो । अघिल्लो वर्षको तुलनामा गत महिना बाह्य निर्यात ११।४ प्रतिशतले वृद्धि भएको छ र २३७ अर्ब डलर पुगेको शनिबार सार्वजनिक भन्सार तथ्यांकले देखाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अप्रत्याशित वृद्धि विश्लेषकहरुको अपेक्षा भन्दा बढी भएको छ र पहिलेनै राम्रो भएको सेप्टेम्बरको अवस्थलाई उछिनेको छ । सेप्टेम्बरमा निर्यात झन्डै १० प्रतिशतले वृद्धि भएको थियो । चीनको निर्यात लगातार पाँचौ महिनामा वृद्धि हुदै आएको छ । धेरैजसो अर्थतन्त्रहरु भाइरसको विनासकारी प्रभावबाट माथि उठ्ने प्रयास गरिरहेको समयमा चिनियाँ निर्यात भने वृद्धि भएको हो । सेप्टेम्बरको १३ प्रतिशत भन्दा बढीको अप्रत्याशित वृद्धिपछि चीनमा हुने आयातमा वृद्धि भएको हओ । गत महिना भित्रिने सामग्री १७९ अर्ब डलर पुगेको थियो । वार्षिक मापनका आधारमा यो ४।७ प्रतिशतको वृद्धि हो ।



JUNGLE






from the
city



निर्यातमा भएको व्यापक वृद्धि र आयात मथ्थर भएकाले चीनको व्यापार बचतमा बाँकि विश्वको तुलनामा वृद्धि भएको हो । बेइजिङले अमेरिकी सामानको खरिद बढाए बावजुद अमेरिकासँग चीनको व्यापार बचत थोरैले वृद्धि भएर अक्टोबरमा ३१।३७ अर्ब डलर पुगेको छ । यो सेप्टेम्बरमा ३०।७५ अर्ब डलर थियो । चीनको बढ्दो निर्यातमा चिकित्सा सामग्री र विद्युतीय सामग्रीको आपूर्तिको मजबुत मागले सहयोग गरेको छ ।