अक्षय कुमारको लक्ष्मी बम र वरुण धवनको कुली न.१ तिहारमा ओटीटी प्लेटफर्ममा रिलीज हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

भारतमा सिनेमा घर अक्टोबरको दोस्रो साता खुल्ने तयारीमा छन् । ६ महिनादेखि सिनेमा हलमा लगाएको ताल्चा अक्टोबरमा खु्ल्ने भएको हो । यति लामो समय बन्द हुँदा सिनेमा क्षेत्रको अवस्था चौपट भएको छ । यस्तो समयमा केही निर्माताले कम मुनाफा भएपछि फिल्म ओटीटी प्लेटफर्ममा बेचेका छन् । यसैमा अक्षय कुमारको लक्ष्मी बम र वरुण धवनको कुली न.१ पनि छन् । यी दुवै ठुला फिल्म हुन् र यीनीहरुबाट सिनेमा घरमा राम्रो व्यापार गर्ने आशा थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतीय समाचार अनुसार यी दुई फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलीज हुने भएका छन् । कुली न. १ अमेजन प्राइम र लक्ष्मी बम नेटफ्लिक्समा रिलीज हुने भएका छन् । तिहार जस्तो चाँडमा दर्शकको लागि यी फिल्म ठुलो सैगात हुनेछ र पहिलो पटक यति ठुलो फिल्मको टक्कर ओटीटी प्लेटफर्ममा हुनेछ । सामान्यतया फिल्महलमा सामान्य फिल्मको टक्कर हुन्छ, जतिबेला धेरै धेरै बजेटका फिल्म एकैदिन रिलीज हुन्छन् । ओटिटी प्लेटफर्ममा पहिलो पटक यस्ता ठुला फिल्मले एक आपसमा टक्कर गर्दैछन् । दुवै ठुला ब्यानरका फिल्म हुन् र दर्शकमाझमा पनि दुवैको उस्तै क्रेज छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

वास्तवमा अक्षय कुमारको लक्ष्मी बम तमिल मुवी मुनी २ : कंन्चनाको हिन्दी रिमेक हो । राघव लारेन्सद्धारा निर्देशित यस फिल्ममा किआरा आडवाणी पनि छन् । अर्को फिल्म कुली न. १ १९९५ मा रिलीज भएको फिल्मको रिमेक हो । डेविड धमनले निर्देशन गरेका यो फिल्ममा वरुण धमन, सारा अलि खान र परेश रावल मुख्य भुमिकामा रहेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु