बेलायतमा अवस्थित यूनिभर्सिटी अफ अक्सफोर्डले बायोफर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकासँगको समन्वयमा निर्माण गरेको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी देखिएको छ। साथै यो भ्याक्सिन विश्वको जुनसुकै स्थानमा पनि स्टोर गर्न सकिने बिबिसीले उल्लेख गरेको छ। यसभन्दा अघि अमेरिकन कम्पनी फाइजर र मोडेर्नाद्वारा निर्मित खोप ९५ प्रतिशत प्रभावकारी देखिएको थियो। यी भ्याक्सिनको तुलनामा अक्सफोर्डद्वारा निर्मित भ्याक्सिन कम प्रभावकारी रहेको छ। फाइजर र मोडेर्नाद्वारा निर्मित भ्याक्सिनलाई राख्नका लागि विशेष स्थान चाहिने र त्यसका लागि सबै ठाउँ उपयुक्त नहुने तर अक्सफोर्डद्वारा बनाइएको यो भ्याक्सिनलाई विश्वको जुनसुकै ठाउँमा राखेर पनि प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। अक्सफोर्डले भ्याक्सिन निर्माण गर्नका लागि अन्यको तुलनामा ज्यादा समय लगाएको बिबिसीले जनाएको छ। बेलायती सरकारले १० करोड डोजका लागि पहिले नै माग गरिसकेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बेलायतका स्वास्थ्य सचिव म्याट हान्कोकले भने‚ ‘हामी यो समरसम्ममा सामान्यतर्फ फर्कन सक्छौं‚ हामी सबैसँग कोरोनाविरूद्धको भ्याक्सिन प्राप्त नहुन्जेल एकअर्कामा ध्यान दिइरहनुपर्छ।’ ‘आजको यो घोषणाले कोरोना भाइरसका कारणबाट हुने सम्भावित जोखिमलाई अन्त्य गर्ने कार्यमा अझ नजिक पुर्यायएको छ‚’ भ्याक्सिन निर्माणकर्ता प्रोफेसर साहा गल्बर्टले भने।



JUNGLE






from the
city



यो भ्याक्सिनले कसरी काम गर्छ ?
यूनिभर्सिटी अफ अक्सफोर्डले निर्माण गरिहेको भ्याक्सिनलाई भाइरल भेक्टर भ्याक्सिनका रूपमा पनि बुझिएको छ। यो भ्याक्सिनले मानव शरीरभित्र इस्पाइक प्रोटिनले इम्युन सिस्टम बलियो बनाउन सहयोग गर्नेक किसिमको हुन्छ। एस्ट्राजेनेका र अक्सफोर्डले सो भ्याक्सिनको अर्बौं डोज निर्माण गर्ने सहमति गरिसकेका छन्।