अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको परीक्षण रोकियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण तत्कालका लागि रोकिएको छ । बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया ९रियाक्सन० देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको हो । एस्ट्राजेनेकाले खोप लिएका व्यक्तिमा असामान्य बिमारी देखिएकाले परीक्षण तत्कालका लागि रोखिएको बताएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ । एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ । मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो । तर तेस्रो चरणको परीक्षणमा गम्भीर रियाक्सन देखिएको हो । वैज्ञानिकहरुले रियाक्सनको अध्ययन गरिरहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ र सामान्य अवस्थामा धेरै वर्ष लाग्छ । तर कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन्। तत्कालका लागि रोकिएको परीक्षण रियाक्सनको कारण थाहा हुने वित्तिकै सुरु हुने निर्माताले बताएका छन् । खोपको परीक्षण रोकिएको सम्बन्धी खबर सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट स्टाट न्यूजले प्रकाशित गरेको थियो ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावअघि नै खोप प्रयोगमा ल्याउने बताएका छन् । तर उनको यो टिप्पणीले विज्ञलाई त्रसित बनाएको छ । राष्ट्रपति उम्मेदवार जो बाइडनेले सुरक्षित खोपको विकल्प नरहेको तर ट्रम्पले खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन खोज्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा आउने तर्फ सचेत गराएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु