अख्तियारद्वारा ४ लाख घुससहित दुई इन्जिनियर पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

श्रावण ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुससहित दुई इन्जिनियर पक्राउ गरेको छ।
राष्ट्रिय पुनस्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भइ मर्स्याङगी गाउँपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इन्जिनियर टीकाप्रसाद गुरुङलाई ४ लाख घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।
दुवैजनाले ८ जना लाभग्राहीसँग भवन निर्माणको किस्तावापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा जनही ५० हजारका दरले घुस माग गरी ४ लाख लिएको भन्ने उजुरीका आधारमा पक्राउ गरेको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले बेसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको हो। उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु