अघिल्लो बर्षको तुलनामा यस बर्ष मोदीको चल सम्पत्तिमा २६.२ प्रतिशतको वृद्धि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पति कति होला रु भारतमा मात्र होइन मोदीको बारेमा विश्वभर अहिले चासो राख्ने गरेको देखिन्छ । युवा अवस्थामा श्रीमती र घर छोडेर राजनीतिमा लागेका मोदीले ट्रेनमा चिया बेचेर आफ्नो गुजारा चलाएको विभिन्न मिडिया रिपोर्टमा पढ्न पाइन्छ । २०१४ देखि भारतको प्रधानमन्त्री बनेका मोदीले आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मोदीको अघिल्लो बर्षको तुलनामा यस बर्ष चल सम्पत्तिमा २६.२ प्रतिशतको वृद्धि देखिएको छ । मोदीको अहिले बैंकमा बचत जम्मा एक करोड ७५ लाख ६३ हजार ६१८ भारतीय रुपैया रहेको उनले पेश गरेको विवरणमा उल्लेख छ । उनको अघिल्लो बर्ष एक करोड ३९ लाख १० हजार २६० रुपैयाँ बैंकमा रहेको थियो । यो उनको गत जुनसम्मको विवरण हो । मोदीको यो रकम पारिश्रमिकबाट भएको बचत र जम्मा गरेको रकमको ब्याजबाट आएको पैसा भएको बताइएको छ । मोदीको मासिक पारिश्रमिक २ लाख रहेको छ, जुन विश्व स्तरका प्रधानमन्त्रीको तुलनामा कम मानिन्छ । कोरोना महामारीका कारण गत अप्रिल देखि भारतीय प्रधानमन्त्री मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री र सांसदहरुले ३० प्रतिशत पारिश्रमिक कटौती गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै अचल सम्पतिमा भने मोदीको कुनै परिवर्तन नआएको बताइएको छ । उनको गान्धीनगरमा रहेको एक करोड १० लाखको फ्ल्याटको संयुक्त रुपमा मालिक रहेको उल्लेख गरिएको छ । साथै मोदीसँग कुनै कार रहेको छैन । उनीसँग सुनका चार औठी रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु