अजका प्रमुख समाचारहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

संयुक्त अरब इमिरेट्स युएईले कोभिड १९ का कारण रोकिएको भिसा नविकरण प्रक्रिया फुकुवा गरेको छ । फेडरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनसिप आइसीएले आजै देखि लागू हुने गरी आवासिय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नविकरण गर्न पाउने घोषणा गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत २३ जेठबाट सुरुभएको विदेशबाट चार्टर्ड उडानको क्रममा दुई दिनको विश्राम लिइएको छ । विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ तथा कार्यरत कर्मचरीको विश्रामका लागि २ दिन विदेशबाट चार्टर्ड उडान नहुने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । उद्धारमा खटिएका जहजाजका पाइलट तथा चालक दलका अन्य सदस्यले पनि दुई दिन विश्राम पाउनेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ६७ हजार ७३४ पुगेको छ । त्यस्तै, संक्रमित हुनेको संख्या १ करोड २८ लाख ४७ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख २१ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, हालसम्म ७४ लाख ८३ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३७ हजार ४०३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ६५ हजार भन्दा धेरै नयाँ संक्रमित थपएिका छन् ।

माइक्रोसफ्टले एकदमै नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ । कोरोना भाइरस महामारीका कारण भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढेको छ । तर, कतिपय कन्फ्रेन्सिङ्ग एप असुरक्षित भएको गुनासो बढिरहँदा माइक्रोसफ्टले नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको हो ।

नेपाल विद्यार्थी संघले बबरमहलस्थित नेपाल आयल निगम लिमिटेडको गेट अगाडि धर्ना दिएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको नेपाल आयल निगम लिमिटेडको गेट अगाडि धर्ना दिएकका हुन् । कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पटक(पटक पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएकोले बाध्य भएर धर्ना दिनु परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

सरकारले सार्वजनिक सवारी सञ्चालनका लागि अनुमति दिए पनि यातायात व्यवसायीहरुले भने सरकारले हचुवाको भरमा निर्णय गरेको भन्दै सरकारको निर्णय मान्न नसकिने स्पष्ट पारेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले हचुवाका भरमा गरेको निर्णय आफूहरुले मान्न बाध्य नभएको बताए । उनले अहिले जिल्लामा मात्रै चलाउन नसकिने, कम्तिमा पनि प्रदेशस्तरमा चलाउन पाउनुपर्ने, स्वास्थ्य बीमाको ग्यारेन्टी गरिनुपर्ने, पहिले जोरबिजोर लागु गर्नुपर्नेसहित यसअघि आफूहरुले अघि सारेका मागहरु पहिला पूरा गरे मात्रै गाडी चलाउन सकिने बताए ।

कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउन सञ्चालन गरिएको पहिलो चरणका उडानमार्फत मलेसियाबाट ३३२२ जना नेपालीको उद्धार गरिएको छ । नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरबाट समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फर्किएका हुन् । पहिलो उडान १८ जुन २०२० मा भएको थियो । यो अवधिमा मलेसिया बाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएको क्वालालाम्पुरस्थित नेपाली दूतावासको कार्यालयले जनाएको छ ।

नेपाली नागरिकको उद्दारका लागि सरकारले तेस्रो पटक एक साताका लागि उडान तालिका थप गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० का अनुसार आगामी बुधबार ९असार ३१ गते० देखि सुरु हुने उद्दार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने जानकारी गराइएको हो । बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्दार उडान हुने जानकारी गराइएको छ ।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस ९कोभिड १९) विरुद्धको खोप बेलायतमा आगामी वर्षको सुरुवातसम्म विकास भइसक्ने जनाइएको छ । लन्डनस्थित इम्पेरियल कलेजका कोरोना भाइरसविरुद्धको खोप विकासमा लागिरहेको टोलीका प्रमुख प्रोफेसर रोबिन साटोकले सबै कुराहरु सकारात्मक हुँदै गएमा आगामी वर्षको पहिलो ६ महिनामा बेलायतभर खोप उपलब्ध हुनसक्ने बताएका हुन् ।

आइतबार नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको छ । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु