अझै केही दिन भारी बर्षाको सम्भावना , काठमाण्डौका केही बस्ती डुवानमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 135
  •  
  •  
  •  
  •  
    135
    Shares

५ साउन, काठमाण्डौ । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए ।
बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना रहेको छ ।
न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक वैद्यले बताए । उनका अनुसार ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।
विभागका महानिर्देशक वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ ।
यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ । यो अझै बढ्ने र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्ने उहाँको भनाई छ ।
काठमाण्डौका केही बस्ती डुवानमा
यसैबिच दिनभरको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला नदीहरुमा पानीको सतह बढेको हो ।
वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला छेउका वस्ती डुवानमा परेको छ ।
वागमतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी वस्ती डुवानमा परेको छ । भक्तपुरमा पनि हमुमन्ते खोलाले किनारका बस्ती डुबाएको छ । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरु पनि डुवानमा परेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु