अनुराग कश्यप र तापसी पन्नुले ६५० करोड रुपैयाँ बराबरको आयकर चोरी गरेको आशंका

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बुधबार मात्र भारतको आयकर बिभागले बलिउड निर्माता अनुराग कश्यप, नायिका तापसी पन्नु र उनीहरुले संचालन गरिरहेको फ्यान्टम फिल्मस्को अफिसमा छापा मारेको थियो । यस्तै, विभागले फिल्म निर्माण कम्पनी फ्यान्टमका अन्य केही सदस्यहरुको घरमा पनि छापा मार्यो । आयकर विभागका सदस्यहरुले नायिका तापसी पन्नु र फिल्म कम्पनीसँग जोडिएका अन्य सदस्यहरुले फोनबाट सबै डाटा हटाएको शंका गरेका छन् । यसका लागि उनीहरुले आइटी विज्ञसँग सहयोग मागेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतीय मिडियाका अनुसार, यो बिषयमा सोधपुछका लागि आयकर विभागले केही दिनमै तापसी र अनुरागलाई बोलाउन सक्नेछ । आयकर विभागका कर्मचारीहरुले भारतीय मिडियासँग कुरा गर्दै फ्यान्टम फिल्मस्का शेयर होल्डरहरुले ६५० करोड रुपैयाँ बराबरको आयकर चोरी गरेको आशंका गरेका थिए । उनीहरुले फर्जी खर्च र नक्कली बिल प्रस्तुत गरेका छन् । तापसी र अनुराग यतिबेला चलचित्र ‘दोबारा’को छायांकन गरिरहेका छन् । आयकर विभागले मुम्बई र पुणेका विभिन्न ३० स्थानमा छापा मारेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु