अन्तर्राष्ट्रिय मैत्रीपर्ण खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हरायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

अन्तर्राष्ट्रिय मैत्रीपर्ण खेलमा इंग्ल्यान्डले वेल्समाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले हराएको हो । इंग्ल्यान्डको सहज जितमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविन, कोनर कोआडे र ड्यानी इंग्सले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । वेम्वली स्टेडियममा भएको खेलको पाँचौ मिनेटमा किफ मोरको प्रहार बाहिरिदा वेल्स अग्रता लिनबाट चुक्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१३औं मिनेटमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविनले सुवर्ण अवसर गुमाउदा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । २६औं मिनेटमा लेविनले डेब्यु खेलमा डेब्यु गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए । वेल्सको कमजोर डिफेन्सको फाइदा दिएको क्रसमा प्रिमियर लिगमा एभर्टनबाट उच्च प्रदर्शन गरिरहेका लेविनले हेडरमार्फत गोल गर्न सफल भएका थिए । २९औं मिनेटमा जोनाथन विलियम्सको कर्नरका क्रिस मेपामको हेडर पोस्टबाट थोरै बाहिरिदा वेल्स बराबरीबाट चुक्यो । ५३औं मिनेटमा कोनर कोआडेले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । उनले कप्तान काइरन ट्रिपिएरको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

६३औं मिनेटमा ड्यानी इंग्सले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को आरामदायी अग्रता बनायो । कर्नरबाट आएको बललाई टेरन मिङ्सले हेडमार्फत मिलाई दिएको पासमा ड्यानीले ओभरहेड किकमा गोल गर्न सफल भएका थिए । ६६औं मिनटमा ज्याक ग्रेयलिसको प्रहार वेल्सका गोलरक्षकले बचाए । ७०औं मिनेटमा ज्याक ग्रेयलिसको अर्को प्रहारमा वेल्सका गोलरक्षक वाइले हेनेसी नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड ३–० ले विजयी हुन सफल भयो ।

वेल्सले इंग्ल्यान्डको पोस्टमा खासै दवाव बढाउन सकेन । नेसन्स लिग ‘ए’ २ मा रहेको इंग्ल्यान्डले ११ अक्टोवरमा बेल्जियमको तथा १५ अक्टोवरमा डेनमार्कको सामना गर्नेछ । यस्तै लिग ‘बी’ को ४ मा रहेको वेल्सले ११ अक्टोवरमा आयरल्यान्डको तथा १५ अक्टोवरमा बुल्गेरियासँग खेल्दैछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु