अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले चेक रिपब्लिकलाई १–० ले हरायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले चेक रिपब्लिकमाथि १–० को झिनो जित निकालेको छ । घरेलु मैदानमा जियानलुका वाल्ड्स्मिटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा वाल्ड्स्मिटले खेलको १३औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । उनले फिलिपे म्याक्सको पासमा गोल गरेका थिए । २०औं मिनेटमा एन्टोनिन बराकको क्रसमा फिलिप नोभाकको प्रहार बाहिरिदा चेक बराबरीबाट चुक्यो । ४२औं मिनेटमा फ्लोरियन नेउहउसको पासमा नादिम एमिरीले वान भर्सेस वानकै अवस्थामा गोलरक्षक जिरी पाभलेन्कालाई बिट गर्न नसक्दा जर्मनी अग्रता दोब्बर पार्नबाट चुक्यो । ६०औं मिनेटमा जर्मनीका मामुद दाहुदको प्रहार बाहिरियो । ७७औं मिनेटमा फ्लोरियन नेउहउस चुके । ८२औं मिनेटमा जाकुव जान्टटु चुक्दा चेक रिपब्लिक बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा जर्मनी १–० ले विजयी हुन सफल भयो । मैत्रीपुर्ण खेलपछि जर्मनीले नेसन्स लिग ‘ए’ ४ मा रहेको जर्मनीले युक्रेन र स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । जर्मनी ६ अंकसहित दोस्रो स्थानमा छ । नेसन्स लिग ‘बी’ मा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको चेक रिपब्लिककले इजरायल र स्लोभाकियासाग प्रतिस्पर्धा गर्दैछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु