

MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
पूर्वी अफगानिस्तानको सडक क्षेत्रमा सवारी साधानमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ ।



JUNGLE






from the
city



प्रान्तीय गभर्नरका प्रवक्ता वाहिदुल्लाह जमुजादाका अनुसार गजनी प्रान्तको जघातु जिल्लामा सवारी साधानमा बम विस्फोट हुँदा तीन महिला, दुई बालबालिका र दुई पुरुषको मृत्यु भएको हो ।
अफगानिस्तानमा शान्तिवार्ता, सम्झौता र युद्धपश्चात अफगानिस्तानको लागि निकास खोज्ने प्रयासको बाबजुद पनि अफगानी नागरिकहरु मुलुकभर भइरहेको हिंसाको चपेटामा परेका छन् ।
संयुक्त राष्ट्र संघले जुलाईमा सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को छ महिनामा अफगानिस्तानमा हिंसात्मक आक्रमणबाट एक हजार दुई सय ८२ मानिस मारिएका छन् भने सयौं मानिसहरु घाइते भएका छन् ।
दुई दशकदेखि आतंकवादी समूहहरु र सरकारबीचको द्वन्द्व महिना र बालबालिका बढी प्रभावित भएका छन् । हिंसामा परी ४० प्रतिशत नागरिकले ज्यान गुमाएका छन् भने त्यति नै संख्यामा घाइते पनि भएको राष्ट्र संघले उल्लेख गरेको छ ।