अफगानिस्तान सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अफगानिस्तानका विभिन्न जेलबाट मुक्त गरिएका लडाकूहरु फेरि पनि युद्धमैदानमा जान सक्ने अनुमान गर्न थालिएको बताइएको छ । अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तालिबानहरुले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना बन्दीहरुलाई मुक्त गर्न भनेका छन् । तालिबान संगठनको यो पहिलो शर्तका लागि सरकार पनि तयार भएको छ । सोही शर्तका आधारमा अफगानिस्तानको सरकारले आफ्नो जेलमा रहेका ती तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ । तर पनि यो तयारीसँगै हजारौँ जना बाहिर निस्किने ती लडाकूहरु फेरि लडाईँको मैदानमा नै जाने र अफगान तालिबानलाई सहयोग गर्नसक्ने चिन्ता भने सरकारलाई रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सुरक्षा निकायहरुले पनि यस विषयमा व्यापक रुपमा चासो लिएको पाइएको छ । सुरक्षा अंगहरुले ती लडाकूहरुले पछि जेलबाट निस्किएपछि फेरि तालिबानको युद्धमा सहभागी त हुदैनन् भनेर पनि विचार गरिरहेका छन् । त्यसैले उता सरकारले ती लडाकूहरुलाई रिहा गर्ने तयारी गरिरहेका बेला यता सुरक्षा निकायहरुले पनि उच्च सुरक्षा सतर्कता अपनाएको बुझिएको कतिपय समाचारहरुमा जनाइएको छ । अफगानिस्तानको सरकार, अमेरिका र तालिबानबीच केही महिनाअघि कतारको राजधानी दोहामा भएको सम्झौताबमोजिम तालिबानहरु पनि शान्ति वार्तामा आउने भएका हुन् ।

उनीहरुकै मागअनुसार अमेरिकाले पनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने तयारी थालेको बताइएको छ । तर अमेरिका भने पछिल्लो समयमा तालिबानहरुको शान्तिवार्ताप्रतिको इमान्दारितामा प्रश्न गर्न थालेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु