सन् २०५० सम्ममा भारतीय अर्थतन्त्र विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुने एक अध्ययनले देखाएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित उक्त अध्ययनले यस्तो निश्कर्ष देखाएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले लेखेको छ। अध्ययन अनुसार अर्थतन्त्रका हिसाबले सन् २०५० सम्म संयुक्त राज्य अमेरिका र चीनपछि भारत तेस्रो स्थानमा पुग्ने भनिएको हो। हाल भारतभन्दा अघि फ्रान्स र बेलायत रहेको छ। भारत विश्व अर्थतन्त्रमा पाँचौं स्थानमा छ। अनुसन्धानकर्ताहरूले विभिन्न देशको काम, उमेर समूह र जनसंख्या प्रवृत्तिको अध्ययन गरेका थिए। जसबाट संकलन भएका तथ्यांकहरु ग्रोस डोमेस्टिक प्रोडक्ट (जिडिपी) गणना गरे। सन् २०१७ मा भारत विश्वको सातौं ठूलो अर्थतन्त्र थियो। अध्ययनले सोही वर्षलाई आधार मानेर देशमा भइरहेको विकासको हिसाब गर्यो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘यसअनुसार सन् २०३० सम्ममा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ भने सन् २०५० सम्ममा तेस्रो स्थानमा पुग्नेछ’, अध्ययनले भनेको छ। अन्य राष्ट्रहरुमा झैं कोरोना भाइरस महामारीका कारण भारतीय अर्थव्यवस्था सुस्ताएको छ। धेरै व्यवसायहरु घाटामा छ। यो वर्ष जिडिपी अप्रिलदेखि जुनको त्रैमासिक अवधिमा २३.९ प्रतिशतले संकुचित देखिएको छ। विगत ८ वर्षमा भन्दा यो ३.१ प्रतिशतले सुस्त गतिमा बढिरहेको छ। गत दशकमा भारतको जिडिपी वृद्धि विश्वको सबैभन्दा माथि छ। स्थिर शहरीकरण र प्रविधिमा सुधारका कारण भारतीय अर्थव्यवस्था तीव्र गतिले वृद्धि हुने बताइएको छ।



JUNGLE






from the
city


