अबदेखि सरकारी चेकको भुक्तानी १५ दिनभित्र लिइसक्नुपर्ने भएको छ । सरकारले बनाएको नयाँ नियमअनुसार सरकारी कोषबाट जारी भएको चेकको भुक्तानी अवधि १५ दिनको मात्रै रहनेछ । सरकारले हालै जारी गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ सरकारी चेकको भुक्तानी अवधिलाई घटाएर १५ दिनमा झारेको हो । यसअघि यस्तो अवधि ३० दिनको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नियमावलीको दफा १३२ ले सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुने व्यवस्था गरेको छ । बैंकले नियमावलीले तोकेको अवधि नाघेको चेकको भुक्तानी दिन नमिल्नेसमेत उल्लेख छ । महालेखा नियन्त्रक कार्यालयले शुक्रबार सबै कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै नयाँ नियमावलीमा गरिएको व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको छ । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १३२ मा सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेकको भुक्तानी १५ दिनको हुनेछ भनी उल्लेख भएकाले उल्लिखित व्यवस्था कार्यान्वयन गराउनुहुन निर्णयानुसार अनुरोध छ,’ महालेखाको पत्रमा भनिएको छ ।



JUNGLE






from the
city



अहिले विद्युतीय प्रणालीबाट नै भुक्तानी दिन थालिएको हुँदा चेकको प्रयोग घट्दै गएकाले अवधिलाई घटाइएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । ‘पहिले एक महिनाभित्र चेकको भुक्तानी लिनुपर्ने व्यवस्था थियो, जसअनुसार एक महिनासम्म चेक हराउने, यताउता हुने अनि फेरि चेक काटिदिनुपर्नेलगायतका झन्झट र समस्या देखिएका थिए,’ उनले भने, ‘अहिले चेकको प्रयोग नै कम हुँदै गएको र त्यस्ता समस्या पनि रोक्ने उद्देश्यका साथ भुक्तानी अवधिलाई घटाएर १५ दिनमा झारिएको हो ।’
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट असार मसान्तसम्म जारी भएको चेक वा विद्युतीय कोषको भुक्तानी पन्ध्र दिनभित्र नसाटिएमा सम्बन्धित कार्यालयबाट खर्च घटाई भुक्तानी आदेशसहित २१ साउनभित्र कोष ता लेखा नियन्त्रक कार्यालयमा निकासा र खर्च समायोजनका लागि पठाउनुपर्नेछ । कार्यालयले निकासा र खर्च घटाइसकेपछि वार्षिक आर्थिक विवरण तयार गरी प्रमाणित गर्नका लागि सन्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेस गर्नुपर्नेछ ।