नेपाल प्रहरीले अनलाइनबाटै पुलिस रिपोर्ट बनाउन सकिने प्रणालीको विकास गरी सञ्चालनमा ल्याएको छ ।
प्रहरीले यो सेवा सुरु गरेसँगै अब पुलिस रिपोर्ट बनाउन कार्यालय सम्म जाने समस्याको अन्त्य भएको छ । यो सेवा नेपाली र अंग्रेजी दुबै भाषामा उपलब्ध रहेको छ ।
पुलिस रिपोर्ट बनाउनको लागि आवश्यक कागजात
– प्रयोगकर्ताको फोटो
– आवेदक १६ वर्ष मुनि भएमा नाबालिक प्रमाणपत्र
– आवेदक १६ वर्ष भन्दा माथि भएमा नागरिकता
– आवेदकले जीवनसाथीको साथमा निवेदन दर्ता गर्न चाहेमा विवाह प्रमाणपत्र
– आवेदकले हालसालै बसाइ सराई गरेको भए ठेगाना प्रमाणीकरण (बसाई सराई) कागजात
– बैदेशीक प्रायोजनको लागि हो भने पासपोर्ट (राहदानी)
– आवेदक विदेशमा भए प्रस्थान कागजात
– आवेदकको फोन नम्बर र इमेल
अनलाइनबाटै पुलिस रिपोर्ट बनाउने तरिका
सबैभन्दा पहिले नेपाल प्रहरीको वेबसाइटमा गई अनलाईन प्रहरी चारीत्रिक प्रमाणपत्र दर्तामा क्लिक गर्नुहोस् । त्यसपछि आफुलाई कुनै भाषा सजिलो लाग्छ नेपाली र अंग्रेजी भाषा मध्ये एउटा भाषा छनौट गर्नुहोस् । छनौट गरेपछि दर्ता गर्नुहोस भन्नेमा क्लिक गर्नुहोस । क्लिक गरेपछि त्यहाँ आवश्यक भए बमोजिम आफ्नो विवरणहरु भर्नुहोस । आफ्नो विवरण भरेर रजिष्टरमा क्लिक गरेपछि इमेल चेक गर्नुहोस ।
त्यसपछि अब फेरी पुलिस रिपोर्ट बनाउन सकिने वेबसाइटमा जानुहोस र त्यहाँ आफ्नो इमेल राखि इमेलमा आएको पासवर्ड राखेर लगइन गर्नुहोस । लगइन गरेपछि तपाईले हालको पासरवर्डमा इमेलमा आएको पासवर्ड राखि नयाँ पासवर्डको सिर्जान गर्नुहोस । पासवर्ड कम्तिमा ८ अक्षरको हुनु पर्नेछ ।
नयाँ पासवर्ड बनाएपछि फेरी लगइन गर्नुहोस । लगइन गरे पश्चात आफ्नो विवरण र कागजातहरु राख्नुहोस । सबै विवरण भरेपछि क्याप्चा राख्नुहोस र पेस गर्नुहोस । यति भएपछि तपाईको निवेदन सम्बन्धित निकायमा जान्छ र आफ्नो पुलिस रिपोर्टको प्रकृया के कस्तो भइरहेको छ भनेर उक्त वेबसाइटमा गइ लगइन गरेर हेर्न सकिने छ ।
अब अनलाइनबाटै पुलिस रिपोर्ट बनाउन सकिने
- सिम्रिक खबर
- • ६ महिना अगाडि