भारतमा डेटा यति सस्तो र सुलभ भइसकेको छ कि अब कुरकुरे-चिप्स किन्दा समेत मोबाइल कम्पनीले निःशूल्क डेटा अफर गर्न थालेका छन् । मोबाइल प्रयोगकर्ताबीच आफ्नो स्थान कायम राख्न एयरटेलले यस्तो अफर सार्वजनिक गरेको छ । कम्पनीले पेप्सीको नामक स्थानीय कम्पनीसँग मिलेर उसका उत्पादन अंकल चिप्स, कुरकुरे र डोरिटोसको प्याकेटमा निःशूल्क डेटा उपहार दिने योजना सार्वजनिक गरेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कुरकुरे(चिप्सको प्याकेटमा कोड रहेको कुपन दिइने र उक्त कुपन प्रयोग गरेर एयरटेलका ग्राहकले इन्टरनेट डेटा प्राप्त गर्न सक्ने बताइएको छ । जसअनुसार १० रुपैयाँको कुरकुरे वा चिप्सको प्याकेट किन्दा निःशूल्क रुपमा एक जीबी डेटा र २० रुपैयाँ माथिको प्याकेटमा दुई जीबी डेटा निःशूल्क रुपमा दिइने कम्पनीको अफर छ ।



JUNGLE






from the
city



चार वर्ष अघि भारतीय बजारमा जियो रिलायन्सको प्रवेशसँगै त्यहाँको मोबाइल तथा डेटामा क्रान्ति नै आएको छ । भारत अहिले विश्वमै धेरै डेटा खपत गर्ने मुलुकहरुको सूचीमा पहिलो नम्बरमा मात्रै छैन, विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा पनि भारतमै छ ।