अब गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो बनाउन मिल्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो (ब्लर) बनाउन मिल्ने फिचर उपलब्ध भएको छ । हरेक कन्फेरेन्स कल अघि आफ्नो कोठा कस्तो देखिरहेको छ भनेर चिन्ता लिनुभन्दा अब यो फिचर प्रयोग गर्न सकिन्छ । ब्याकग्राउन्डमा भएको सबै कुरा धमिलो हुने हुँदा कोही अरु पछाडि छन भने नी देखिदैनन् । कम्पनीको अनुसार गूगल मीटले मान्छेलाई सजिलैसँग ब्याकग्राउन्डबाट छुटयाउन सक्छ जसले गर्दा तपाईको भिडियो भने सफा र स्पष्ट देखिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केही दिन अघि गूगल मीटले ब्याकग्राउन्डको आवाज हटाउन सकिने फिचर ल्याएको थियो । भिडियो कन्फ्रेन्सिङ् गर्दा कुनै किसिमको गलत असर नपर्न दिन यी फिचरहरु ल्याइएको हो । तल्लो दाँया भागमा रहेको ‘मोर’ बटनमा थिचेर धमिलो ब्याकग्राउन्डको अपसनमा थिच्न सकिन्छ । यो बैठक चलिरहँदा वा सुरु हुनु भन्दा पहिले पनि सुचारु गर्न सकिन्छ । तर यसको भने एक नकारात्मक प्रभाव पनि रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गूगलको अनुसार यो फिचरले प्रयोगकर्ताको डिभाइसलाई सुस्त बनाइदिन्छ । त्यही कारणले अरु एप राम्ररी चल्नको लागी यो फिचर अफ गरेको नै राम्रो हुन्छ । यो सँगसँगै एपले टाइल्ड भ्यूमा एकैचोटि ४९ जना मान्छेहरुलाई पनि हेर्ने फिचर दिन्छ । फूजी फिल्म, सोनी, क्यानन, अलीमपस जस्ता वेब क्यामको प्रयोग गरियो भने कन्फ्रेन्सिङ अझै राम्रो देखिन सकिन्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु