सरकारी निकाय र व्यापारिक घरानाहरूले सेवाग्राहीका लागि प्रायस् टोल फ्री नम्बर सञ्चालन गरेका हुन्छन् । यसको उद्देश्य सेवाग्राहीले निकायमा निस्शुल्क सम्पर्क गर्न सकुन् भन्ने हो । यस्तो सेवा दूरसञ्चार सेवा प्रदायकले आवश्यक्ता अनुसार कम्पनी तथा निकायहरुलाई उपलब्ध गराउँदै आएका छन् । यस अघिसम्म नेपाल टेलिकमले १६६० बाट सुरु हुने ११ अंकको टोल फ्री नम्बर उपलब्ध गराउँदै आएको थियो । त्यस्तै एनसेलले १० अंककै मोबाइल नम्बरलाई टोल फ्री नम्बरको रुपमा आवश्यकता अनुसार उपलब्ध गराउँदै आएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अब यसलाई व्यवस्थित गर्ने उद्देश्यका साथ नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार अब सबै सेवा प्रदायकले दिने टोल फ्री नम्बर १८०० बाट सुरु हुनेछ भने टोल फ्री नम्बर १० अंकको हुनेछ । जसमा १८०० पछिको एउटा नम्बर सेवा प्रदायकको कोड हुने छ भने बाँकी पाँचवटा नम्बर सब्स्क्राइभर नम्बर हुनेछ । त्योभन्दा महत्वपूर्ण कुरा सबै टेलिफोन प्रयोगकर्ताले यो नम्बर प्रयोग गर्न पाउने छन् ।



JUNGLE






from the
city



‘अहिलेसम्म एनसेलले उपलब्ध गराएको टोल फ्री नम्बरमा नेपाल टेलिकमबाट फोन गर्न नपाउने र नेपाल टेलिकमले उपलब्ध गराएको टोल फ्री नम्बरमा एनसेलबाट कल गर्न नपाउने खालको व्यवस्था छ । अब भने सबै सेवा प्रदायकका प्रयोगकर्ताले उक्त टोल फ्री नम्बरमा कल गर्न सक्ने छन्,’ प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने । स्थापितका अनुसार यस्तो व्यवस्था हुँदा कम्पनीहरुले पनि एउटा सेवाका लागि सेवा प्रदायक अनुसारको टोल फ्री नम्बर लिनुपर्ने झन्झटको अन्त्य हुनेछ ।
साथै सेवाग्राहीले पनि जुनसुकै सेवा प्रदायकको सिम प्रयोग गरिरहेको भएतापनि निस्शुल्क रुपमा सम्पर्क गर्न सक्नेछन् । ‘यस्तो खालको सिस्टम विदेशमा धेरै पहिलेदेखि नै लागूू भएको हो,’ स्थापित भन्छन, ‘सीमित रुपमा उपलब्ध रहेको सर्टकोडलाई व्यवस्थित गर्ने क्रममा नेपालमा पनि यस्तो प्रणाली लागू गरिने भएको हो ।’ यो अबको ६ महिनाभित्र लागू हुनेछ । यसअघि उपलब्ध गराइ सकेका टोल फ्री नम्बरलाई समेत नयाँ कोड अनुसार नै परिमार्जन गर्नुपर्ने प्रावधान राखिएको छ । पहिलो ६ महिनामा सेवा प्रदायकले यसलाई कार्यान्वयनमा ल्याउनु पर्नेछ भने, अर्को ५ महिनासम्म अर्थात अबको एक वर्षसम्म दुवै नम्बरमा चल्ने बनाउन सक्नेछन् । एक वर्षपछि भने नयाँ कार्यविधि अनुसार नै नयाँ नम्बरमात्रै हुनेछ ।
नयाँ कार्यविधि अनुसार सेवा प्रदायकले टोल फ्री नम्बर उपलब्ध गराउँदा छुट्टै शुल्क लिन पाउने छैनन् । टोल फ्रीको महसुल प्राधिकरणले तोकेबमोजिम नै हुनुपर्नेछ । यसरी उपलब्ध गराइएको टोल फ्री नम्बर सेवाको विवरण सेवा प्रदायकले प्राधिकरणमा बुझाउनु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।