अब निःशुल्क प्रयोग गर्न सकिन्छ मेरो कारोबार एप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । साना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लक्षित गर्दै मोफसलका केही युवाले सुरू गरेको मोबाइल एप मेरो कारोबार अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसअघि ६ महिनाको लागि एक हजार र एक वर्षका लागि दुई हजार रुपैयाँको प्याकेज रहेको एप अब सबै प्रयोगकर्ताका लागि निस्शुल्क बनाइएको हो । एन्ड्रोइडका लागि गत मंसिरमा सार्वजनिक भएको एपलाई प्रयोगकर्ताले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो एपले उधारो कारोबार गर्ने साना तथा मझौला व्यवसायीहरूलाई सहयोग पुर्याएको छ । यसमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विववरण तथा पैसा सबै कुरा राख्न मिल्छ । कसैले १० दिनमा पैसा दिन्छु भनेको छ भने त्यसको पनि रिमाइण्डर राख्न मिल्ने बनाइएको छ । यसले किराना तथा साना पसलको कारोबारलाई नै पेपरलेस बनाउने लक्ष्य राखेको एप डेभलपर एवं बाइटकेयर सफ्टवेयर कम्पनीका संस्थापक समीर फुँयालले बताए । उनका अनुसार एपको यूआईमा थप सुधार भएको छ । साथै एपमा हाल इमेज ९बिल० अपलोड गर्ने फिचर थपिएको छ । केही दिनमै आफ्नो आम्दानी र खर्च कति भयो भनेर जानकारी दिने फिचर पनि थपिन लागेको उनले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कारोबारको डेटा ब्याकअपमा रहने र कस्टमरसँगको पुरानोभन्दा पुरानो हिसाबलाई समेत ट्रयाक गर्न सकिने हुँदा यसले व्यवसायीको सिङ्गो टर्नओभरको हिसाबमा समेत विश्वासिलो आधार दिने बताइएको छ । यस एपलाई नेपाली भाषामा चलाउन सकिन्छ । यो अफलाइन र अनलाइन दुवै मोडमा उपलब्ध छ । ‘अफलाइन डेटा लोड गरेपछि अनलाइन जाँदा डेटा सिङ्क हुन्छ,’ समिर भन्छन् । एन्ड्रोइडपछि अब आईओएस एप रिलिज गर्ने तयारीमा कम्पनी रहेको उनले बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु