अब पल्सर एनएस २०० एबीएस र २०० एबीएसरएफआई भेरियन्ट मात्रै बिक्री गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

बजाज मोटरसाइकल नेपालमा अग्रणी कम्पनीको रुपमा स्थापित रहेको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा बिक्री गर्दै आएको पल्सर एनएस २०० निकै सफल मोडलमा पर्छ । विभिन्न गत बर्षदेखि पल्सर एनएसलाई दुई भेरियन्टमा बजारमा बिक्री गर्दै आएको छ । केही महिना अघिसम्म पल्सर एनएसको ४ भेरियन्ट उपलब्ध रहेकोमा कम्पनीले दुई भेरियन्टको बिक्री भने बन्द गरेको हो । कम्पनीले अब पल्सर एनएस २०० एबीएस र २०० एबीएसरएफआई भेरियन्ट मात्रै बिक्री गर्ने भएको छ । कम्पनीले पल्सर एनएस २००, पल्सर एनएस २०० एफआई भेरियन्टलाई आफ्नो वेभसाइटबाट हटाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाली बजारमा सर्वाधिक रुचाइएको एनएस २०० को एबीएस र एफफाई भर्सनले निकै राम्रो चर्चा पाउन सुरु गरिसकेको छ । यो पल्सर एनएस २०० सिरिजकै सबैभन्दा महंगो भेरियन्ट हो । बजाज पल्सर एनएस २०० एबीएसरएफआई भेरियन्टको मूल्य ३ लाख ५८ हजार ९०० रुपैयाँ रहेको छ भने २०० एबीएस भेरियन्टको मूल्य ३ लाख ३८ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । एफआई इन्जिनयुक्त मोडलको मूल्य कार्बुरेटर भेरियन्टको तुलनामा २० हजार महंगो रहेको छ । इन्जिन बाहेक अन्य सबै फिचर दुबै भेरियन्टमा समान रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कम्पनीले अहिले दशैं–तिहार लक्षित योजना संचालन गरिरहेको छ । कम्पनीले ल्याएको नयाँ योजनामा १० हजार नगद छुट वा शून्य प्रतिशत व्याजदर वा २० प्रतिशत डाउन पेमेन्ट भनेको छ । यसको मतलव मोटरसाइकल किन्ने ग्राहकले यी तीन मध्ये कुनै एक अफर छनोट गर्न सक्ने छन् । १० हजार रुपैयाँ नगद छुट लिन पुरै रकम नगद तिरेर मोटरसाइकल किन्नु पर्ने छ । शून्य प्रतिशत व्याजदरको लागि सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम १७ किस्तामा तिर्नु पर्ने हुन्छ । एकै पटक धेरै रकम डाउन पेमेन्ट गर्न नसक्ने ग्राहकले २० प्रतिशत रकम डाउन पेमेन्ट गरेर एनएस २०० किन्न सक्ने छन् । तर, यसरी किन्नेले व्याजमा छुट वा नगद १० हजार रुपैयाँ छुट दुबै प्राप्त गर्न सक्ने छैनन् ।

यस्तो छ मोटरसाइकल
मोटरसाइकलमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३।१७ बीएच पावरका साथै १८।३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ । यसको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाइ १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोशक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ । यसको टपस्पिड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ भने, यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने जनाइएको छ । यसमा एनालग तथा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । मोटरसाइकलमा एक्जुलरि लाइट, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लिट सिट, पिलन ग्राब रेल लगायतका विशेषता समेटिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु