अब फेरी हेर्न पाइने रोनाल्डो भर्सेज मेसीको खेल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

यस सिजनको लागि युइएफए च्याम्पियन्स लिगको ड्र सार्बजनिक भएको छ । विहिबार राति सार्बजनिक भएको ड्रमा युभेन्टस र बार्सिलोना एकै समुहमा परेपछि अब रोनाल्डो भर्सेज मेसीको खेल फेरी हेर्न पाइने भएको छ । त्यस्तै पिएसजी र म्यानचेस्टर युनाइटेड समेत एकै समुहमा परेका छन् । युइएफले सिधै छनौट भएका २६ टिम र छनौट खेल खेलेर आएका ६ टिम गरि ३२ क्लबको ८ समुहको ड्र सार्बजनिक भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

समुह ए मा बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, आरबी साल्जबर्ग र लोकोमोटीभ मस्को रहेका छन् भने समुह बि मा रियल म्याड्रिड, इन्टर मिलान, शख्तर डोनेटस्क र बोरुसिया मोएनचेंगग्लाडवाच रहेका छन् । त्यस्तै समुह सी मा पोर्टो, म्यानचेस्टर सिटी, ओलाम्पिअकोस र मार्सेली रहेका छन् भने समुह डी मा लिभरपुल, आयाक्स, एटलान्टा र मिडत्जील्याण्ड रहेका छन् । त्यसैगरी समुह ईमा सेभिया, चेल्सी, क्रान्सनोडर र रेन्नेज रहेका छन् भने समुह एफमा जेनिथ, ब्रुसिया डोर्टमण्ड र ब्रुग्गे रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै समुह जीमा युभेन्टस, बार्सिलोना, डाइनामो किभ, फेरेन्कभारोस रहेका छन् भने समुह एचमा पिएसजी, म्यानचेस्टर युनाइटेड, आरबी लेइपजिंग र इस्तानबुल बासाकसेहिर रहेका छन् । च्याम्पियन्स लिगका समुह चरणका खेल अक्टोबर २१ देखि शुरु हुने छन् । त्यस्तै दोस्रो खेल अक्टोबर २८ मा हुने छन् । त्यस्तै तेस्रो नोभेम्बर ४ मा र चौथो नोभेम्बर २५ मा हुने छन् । त्यस्तै पाँचौ डिसेम्बर २ मा र समुह चरणको अन्तिम तथा छैठौ खेल डिसेम्बर ९ मा हुने तालिका रहेको छ ।

त्यस्तै अन्तिम १६ को ड्र डिसेम्बर १६ मा हुने छ भने खेल खेलहरु फेब्रुअरी १७ तथा २४, २०२१ त्यस्तै १० र १७ मार्चमा हुने छन् । क्वाटरफाइनल, सेमिफाइनलको ड्र १९ मार्चमा हुने छ । त्यस्तै क्वाटरफाइनलका खेल अप्रिल ७ तथा अप्रिल १४, २०२१ मा हुने छ । त्यस्तै सेमिफाइनलका खेल अप्रिल २८ र मे ५, २०२१ मा हुने छन् । त्यस्तै फाइनल खेल मे २९ मा टर्कीको इस्तानबुलस्थित अटाटुर्क ओलामिक स्टेडियममा हुने छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु