अब सार्वजनिक यातायातमा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

अबदेखि सार्वजनिक यातायातमा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने भएको छ । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एन–क्लाउड प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौता अनुसार सम्पर्करहित कार्ड र पीओएस टर्मिनलका माध्यमबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु हुनेछ ।
कोभिड–१९ को प्रतिकुल परिस्थितिमा संक्रमण रोक्ने प्रयासस्वरुप यो समझदारी गरिएको हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसन तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको बैंकको दाबी छ ।
बैंकले चाँडै नै अन्य बस समितीसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरसँग पनि सहकार्य सुरू गर्ने दाबी गरेको छ ।
परियोजनाको सुरुवात किपु बस सेवाबाट हुनेछ जहाँ यात्रुहरूले बस भाडा बैंकको कार्ड प्रयोग गरी सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् । किपु यातायात किर्तिपुरबाट राजधानीका विभिन्न स्थानसम्म चल्छन् ।
यसबारे समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु