काठमाडौं । अब हरेक सार्वजनिक निकायका सूचना अधिकारीको विशेष ईमेल हुने भएको छ । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सहज हुनेगरी सूचनाअधिकारी (sucuhanaadhikari) नाममा ईमेल बनाउन निर्देशन दिएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस अनुसार संघीय सार्वजनक निकायका हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र स्थानीय तहका सार्वजनिक निकायको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत लेखि पठाइनेछ । साथै राष्ट्रिय सूचना प्रविधि केन्द्रमार्फत तयार भइरहेका सरकारी ईमेलमा पनि सूचना अधिकारी नाममा ईमेल बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत लेखि पठाउने आयोगको निर्णयमा उल्लेख छ ।



JUNGLE






from the
city



हाल सूचना अधिकारीको रुपमा रहने कर्मचारीको नाममा बनाइएको ईमेल नै प्रयोगमा आइरहेको छ । यस्तो अवस्थामा सूचना अधिकारीको रुपमा नियुक्त कर्मचारीको सरुवा अथवा जिम्मेवारी हेरफेर हुँदा अर्को कर्मचारीको ईमेल प्रयोग गर्नुपर्ने अवस्था छ । यसले सूचना प्राप्तिमा कठीनाई उत्पन्न गरेको भन्दै आयोगले अब सूचना अधिकारीले प्रयोग गर्ने ईमेल आईडी स्थायी रुपमा प्रयोग गर्न सकिने गरी तयार पार्न निर्देशन दिएको हो । यसको अर्थ अब सम्बन्धित निकायको ईमेल अगाडि suchanaadhikari राखिएको ईमेल तयार हुनेछ ।
उदाहरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना अधिकारीको ईमेल suchanaadhikari@mocit.gov.np हुनेछ भने नेपाल दूरसञ्चार प्राधिकरणको सूचना अधिकारीको ईमेल suchanaadhikari@nta.gov.np हुनेछ ।