अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘सौर्यवंशी’ दीपावलीमा रिलिज नहुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘सौर्यवंशी’ दीपावलीमा रिलिज नहुने भएको छ । रिलायन्स इन्टरटेन्मेन्टका सीईओ शिवाशिश सरकारले यसबारे जानकारी दिएका हुन् । निर्माण कम्पनी रिलायन्सले जुनमा ‘सौयवंशी’ दीपावलीमा रणवीर सिंहको ‘८३’ क्रिसमसमा रिलिज गर्ने घोषणा गरेको थियो । केन्द्रीय गृह मन्त्रालयले अक्टोबर १५ देखि थिएटर र मल्टिप्लेक्सहरु पुनः सञ्चालनमा ल्यान अनुमति पनि दिइसकेको छ । तर ५० प्रतिशत अकुपेन्सीमा खोल्नुपर्ने भएपछि सबै हल सञ्चालनमा आउन तयार नहुने भन्दै ‘सौर्यवंशी’ रिलिज नगर्ने निर्णय लिइएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मन्त्रालयको निर्णयप्रति सीईओ सरकार भन्छन्, “यो कुरा स्पष्ट छ कि, हामी दीपावलीमा कुनै पनि चलचित्र रिलिज गरिरहेका छैनौं । योभन्दा अन्य कुनै निर्णय लिइएको छैन । अहिलेसम्म हेर्दा दीपावलीमा कुनै पनि चलचित्र रिलिज गर्न सम्भव छैन । १५ अक्टोबरदेखि नै सबै हल खुल्ने सम्भावना पनि छैन । यदि १ नोभेम्बरदेखि खुले पनि १०-१५ दिनको नोटिसमा कसरी चलचित्र रिलिज गर्न सक्छौंरु” चलचित्र रिलिजको नयाँ मिति तय गर्न अझै बाँकी रहेको पनि उनले बताएका छन् । यी दुवै चलचित्रको रिलिज मिति हेरफेर गर्ने वा एउटा चलचित्रको मात्रै गर्ने भन्ने निर्णय लिइनसकेको भन्दै डिसेम्बरदेखि मार्च चलचित्र रिलिजको लागि सही समय भएको पनि सरकारले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रोहित शेट्टी निर्देशित ‘सौर्यवंशी’ मार्च २४ मा र कबिर खान निर्देशित ‘८३’ अप्रिल १० मा रिलिज तोकिएको थियो । यद्यपि कोरोना महामारीका कारण दुवै चलचित्रको रिलिज स्थगित भयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु