अभिनेता आमिर खानले आफ्नो सुटिङ शैली फेर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अभिनेता आमिर खान हालका दिनमा आफ्नो महत्वाकांक्षी फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गर्ने ध्याउन्नमा छन् । त्यसका लागि उनी दिनरात नभनी मेहनत गरिरहेका छन् । आमिर वर्षमा एक फिल्ममा मात्र काम गर्न रुचाउछन् । यो उनको काम गर्ने शैली नै हो । तर अब भने यी अभिनेताले आफ्नो शैलीलाई परिवर्तन गर्दैछन् । किनकी ‘लाल सिंह चड्डा’पछि आमिर तीन फिल्ममा व्यस्त हुँदैछन् । त्यहीकारण उनले एकैपटक दुई फिल्मको सुटिङ गर्ने योजना बनाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

फिल्म ‘लाल सिंह चड्डा’पछि आमिरको हातमा टी–सिरिजका संस्थापक गुलशन कुमारको बायोपिक फिल्म ‘मोगुल’, स्पेनिस फिल्म ‘क्याम्पिओनेस’को रिमेक फिल्म र अर्को एक बायोपिक फिल्म छ । फिल्म ‘मोगुल’ आमिर र गुलशनका छोरा भूषण कुमार संयुक्त रुपमा निर्माण गर्दैछन् । जसमा आमिरले गुलशन कुमारको भूमिका निभाउनेछन् । यो फिल्मको छायांकन यसै वर्षको मध्यमा सुरु हुनेछ । फिल्म ‘क्याम्पिओनेस’मा आमिर एक जड्याहा बास्केटबल बन्दैछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सोनी पिक्चर्सले निर्माण गर्ने फिल्ममा ‘शुभ मंगल सावधान’ निर्देशक आरएस प्रसन्नाको निर्देशन हुनेछ । आमिरले गर्ने बायोपिक फिल्मको बारेमा विस्तृत खुलाइएको छैन । तर यो फिल्म एक रहस्यमयी कथामा बन्ने चर्चा बलिउडमा छ । आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । फिल्ममा करीना कपूर खान र मोना सिंहको पनि अभिनय छ । फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु